×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देशभरका यी नदीमा बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

देशभरका यी नदीमा बहाव उल्लेख्य बढ्ने, सतर्कता अपनाउन आग्रह

काठमाडौँ- आउँदो साउन ३ देखि ५ गतेसम्म देशभरका नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बुस्तीस्थित तामाकोसी र समजीघाटस्थित भेरी नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने जनाइएको छ ।

आज दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, बैतडी, डडेलधुरा र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्