×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपाल पुलिसलाइ हराउदै अफ्रिकन रुट्स फाईनलमा

नेपाल पुलिसलाइ हराउदै अफ्रिकन रुट्स फाईनलमा

काठमाडौं - पोखरामा जारी आहा–रारा गोल्डकप अन्तर्गत अफ्रिकन रुट्स एसोसिएसनले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । बिहिबार सम्पन्न सेमिफाइनल खेलमा अफ्रिकन रुट्सले  २-० गोल अन्तरले पराजित गर्यो ।पराजित भएसँगै प्रहरी सेमिफाइनलबाबाटै बाहिरिएको हो ।

खेलको पहिलो हाफको २ मिनेटमै रुट्सका बसिकले पहिलो गोल गरेर खेलमा अग्रता दिलाएका थिए । यसपछि प्रहरी निकै दबाबमा थियो । पहिलो हाफको सुरुमै दबाबमा परेको प्रहरीले प्राविधिक रुपमा राम्रो खेले पनि एउटै गोल गर्न सकेन । दोस्रो हाफपछि थपिएको ४ मिनेटको समयमा ९३.४० मिनेटमा अफ्रिकनका मउसाले अर्को गोल गरेर फराकिलो जित भएका थिए । अफ्रिकनका खेलाडी अग्लो भएकाले पनि हाइ पासेज र हेडरको थेरै प्रयोग गरेका थिए । खेलमा दुवै टीमका ३/३ जना खेलाडीले पहेँलो कार्ड पाएका थिए । प्रहरी यसअघिका विभिन्न वर्षमा आहा रारा प्रतियोगिता ६ पटकसम्म विजेता र ४ पटक उपविजेता थियो । मंगलबार भएको सेमिफाइनलमा पुलिसले थ्रीस्टारलाई ४-० को फराकिलो जित हासिल गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अब शनिवार हुने फाइनल खेलमा अफ्रिकन र संकटा क्लब भिड्नेछन् । दुवै टिम पहिलोपटक फाइनलमा पुगेका हुन् । अफ्रिकन टिम भने यो प्रतियोगितामा पहिलोपटक सहभागी भएको थियो ।

प्रतिकृया दिनुहोस्