×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

कारबाहीमा परेका चार क्रिकेटर भन्छन्- बल र ब्याट छोड्नुपर्ने अवस्था आउन सक्छ

कारबाहीमा परेका चार क्रिकेटर भन्छन्- बल र ब्याट छोड्नुपर्ने अवस्था आउन सक्छ

काठमाडौँ- अनुशासन उल्लंघन गरेको भन्दै नेपाल क्रिकेट संघ क्यानले कारबाही गरेका चार जना क्रिकेटरले आफूमाथिको कारबाहीमा पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् ।

शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले आफूहरूमाथि भएको कारबाही अन्यायपूर्ण भएको भन्दै क्यानलाई अभिभावकीय भूमिका निर्वाह गर्न र कारबाहीको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

उनीहरुले आफू र आफूजस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् भन्दै क्यानलाई आफूमाथि गरिएको कारबाहीमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

प्रतिकृया दिनुहोस्