×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गाईगोरुमा ‘लम्पी स्किन डिजिज पाल्पामा

गाईगोरुमा ‘लम्पी स्किन डिजिज पाल्पामा

काठमाडौं- जिल्लामा अधिकांश गाउँका गाईगोरुमा ‘लम्पी स्किन डिजिज’ (छालामा हुने गिर्खे रोग) फैलिएको छ ।  निस्दी, बगनासकाली, माथागढी, तिनाउलगायत गाउँपालिकाका दर्जनभन्दा बढी स्थानमा किसानले पालेका गाई गोरुमा लम्पी रोगको संक्रमण फैलिएको हो । 

सुरुमा निस्दी गाउँपालिकाका केही स्थानमा फैलिएको थियो । त्यसपछि माथागढी गाउँपालिका–५, को गोठादी, वडा नम्बर ६ को हात्तीलुङ गणबास, दमार, माथा लगायतका गाउँमा लम्पी रोग फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

माथागढीका अधिकांश गाईगोरु र बाच्छाबाच्छीमा लम्पी रोगको लक्षण देखिएको थियो । सुरुमा किसाने थाहा नपाएर संक्रमण फैलिएको पशु सेवा शाखाका प्राविधिक विक्रम गरम्जाले बताए । लम्पी स्किन जिल्लामै पहिलो पटक देखा परेको हो । लम्पी स्किन रोगको लक्षण देखा परेपछि परीक्षण गर्दा पुष्टि भएको थियो । पहिलोपटक माथागढीको नमुना परीक्षणमा लम्पी रोग देखिएको विज्ञ केन्द्रका डा. नवीन बस्यालले बताए ।

जिल्लाकै तिनाउ गाउँपालिकाको कचल र सत्यवतीमा पनि यो रोग देखा परेको छ । विज्ञ केन्द्रका अनुसार गाईगोरुको अवस्थाबारे गाउँपालिकाबाट बुझ्ने र त्यसपछि नियन्त्रणका लागि अन्य प्रयास थालिनेछ । बगनासकाली गाउँपालिकाको वडा नम्बर २ पोखराथोकको गोर्सत, देउरालीलगायत स्थानका पशुमा पनि लम्पी देखिएको छ । एकै दिनमा २५ बढी पशुमा देखापरेको र विज्ञ केन्द्रबाट डा. बस्यालसहितले उपचारमा सहयोग गरेको पशु सेवा प्राविधिक विष्णु ओलीले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्