×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत गएको छ ।

उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मङ्गलवार सर्वोच्च अदालतमा निवेदन दिएको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए । 

एक नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौँले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो । तर उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा पुगेको हो । लामिछानेविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौँमै विचाराधीन अवस्थामा छ ।

प्रतिकृया दिनुहोस्