×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

काठमाडौँ:  काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ । निषेधाज्ञा थप एकसाता लम्ब्याउँदै थप खुकुलो बनाउने तयारी गरिएको हो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार (भोलि) सकिँदैछ । ‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी निर्णय गर्नेछौँ ।’

गृहमन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीसँग समन्वय निषेधाज्ञाको मोडालिटी संशोधन गर्ने तयारी भइरहेको प्रजिअ पराजुलीले बताए । त्यसका लागि उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रजिअहरुको संयुक्त बैठक बस्दैछ । ‘सकेसम्म आजै बैठक बस्ने तयारीमा छौं,’ काठमाडौंका प्रजिअ पराजुलीले भने, ‘आज आवश्यक तयारी नपुगे भोलि बैठक बसेर निर्णय गर्छौं ।’ 

उनका अनुसार अबको रणनीति निषेधाज्ञालाई थप खुकुलो पारेर लैजाने नै हुनेछ । तर, कुन क्षेत्रलाई कसरी खुकुलो पार्ने भन्ने बारेमा छलफलमै रहेको उनले बताए । अहिले निजी सवारी साधनहरू गत सातादेखि नै जोर-बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन् भने कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ ।

 

प्रतिकृया दिनुहोस्