×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्थानीय निर्वाचनमा एमालेकाे विजय कसैले राेक्न सक्दैन : अध्यक्ष ओली

स्थानीय निर्वाचनमा एमालेकाे विजय कसैले राेक्न सक्दैन : अध्यक्ष ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्यधिक विजय हासिल गर्न एमालेलाई कसैले पनि रोक्न नसक्ने दावी गरेका छन् । 

शनिबार काठमाडौँमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताको आँगनमा पछारिदिने भन्दै निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने बताएका हुन् ।

उनले अब हुने स्थानीय तहको चूनावको नजिताले प्रादेशिक र संघीय चुनावको झलक दिने धारणा राखे । अब २० हजार भन्दा बढि जनप्रतिनिधि जिताउनुपर्ने र ४ भन्दा बढि पालिकामा एमालेले विजयी हासिल गर्नुपर्ने उनकाे भनाई छ ।

त्यस्तै, अध्यक्ष ओलीले स्यालहरूको मोर्चा कसेर हातीको सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौबैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन दिए । पाँच दलीय गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) कमजोर भइरहेको जिकिर गदै उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको टिप्पणी गरे ।

ओलीले अघिल्लो चुनावमा २३ सिटमा झरेको कांग्रेसलाई यस पटक १३ सिटमा झार्नुपर्ने बताए । कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको पनि ओलीको भनाइ छ ।

उनले चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तिनका नेता कार्यकर्ताले गडबड गर्न सक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन कार्यकर्ताहरूलाई निर्देशन दिए ।

त्यस्तै, आगामी स्थानीय चुनावमा देशव्यापी अभियानमा जाने भन्दै ओलीले गाउँगाउँमा खटिन कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिकृया दिनुहोस्