काठमाडौँ - सविंधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष दिवंगत सुवास नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् । नेपाल आएलगत्तै एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनीहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली अपर्ण गरेका छन् ।
स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार आइपुगेका हुन् । त्यस्तै, कान्छा छोरा सुहाङ पनि अस्ट्रेलियाबाट आइपुगेर दिवंगत बुबालाई श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।
उनीहरुले श्रद्धाञ्जली दिएपछि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवास लगिएको छ ।