×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेशको नामकरणबारे छलफल गर्न एमालेले कार्कीको नेतृत्वमा बनायो समिति

प्रदेशको नामकरणबारे छलफल गर्न एमालेले कार्कीको नेतृत्वमा बनायो समिति

विराटनगर- नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश १ को नामकरणको बारेमा छलफल गर्न समिति बनाएको छ । बिहीबार बिहान संसद् सचिवालय नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की संयोजक रहेको ५ सदस्य नामकरण बारेमा छलफल गर्ने समिति बनाएको हो ।

समितिको सदस्यहरूमा जीवन घिमिरे, जगदीशप्रसाद कुसियैत, उषाकला राई र अर्जुन राईलाई राखिएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । समितिले प्रदेश १ को नामकरण गर्ने बारेमा सत्तामा रहेका दललहरुसँग छलफल गर्ने र निर्णयमा पुग्ने काम गर्ने जनाइएको छ । प्रदेश १ ले नाम पाउन नसकेको अवस्थामा प्रदेशको नामकरण हुनु पर्ने चौतर्फी माग उठेपछि नेकपा एमालेले समिति बनाएको हो ।

त्यस्तै संसदीय दलको बैठकले प्रदेश सभा भित्र नेकपा एमालेले रचनात्मक भूमिका खेल्ने बारेमा पनि निर्णय गरेको राजभण्डारीले बताए । ।गठबन्धन सरकारले प्रदेश सभामा पेस गरेको नीति तथा कार्यक्रमको बारेमा एमालेले रचनात्मक भूमिका खेल्ने बारेमा छलफल भएको उनको भनाई छ ।

यसअघि मन्त्री रहेका ४ जना सांसदलाई संसदीय समितिमा पठाउने निर्णय गरेको छ । तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई सुशासन तथा योजना समिति, हिक्मत कुमार कार्कीलाई सार्वजनिक लेखा समिति, जगदीशप्रसाद कुसियैतलाई उद्योग पर्यटन तथा वातावरण समिति र जीवन घिमिरेलाई सामाजिक विकास समितिको सदस्यमा पठाउने निर्णय गरेको प्रमुख सचेतक राजभण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्