काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जुत्ता खोल्न लगाएर यात्रुहरूको जाँच गर्न थालिएको छ । केही दिनअघि काठमाडौंबाट नेपालगन्ज हवाईयात्रामा निस्किएका यात्रुको साथमा सुन भेटिएपछि कडाइ गरिएको हो । पछिल्लो केही दिनयता विमानस्थलमा सबै यात्रुको जुत्ता खोल्न लगाइएको छ । विगतका दिनभन्दा शरीर जाँचमा पनि कडाइ गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले अवैध कामहरू हुन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको बताए ।