×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

साम्बाले जोर्डनविरुद्वको वाफ च्याम्पियनसिप फाइनल खेल गुमाउने

साम्बाले जोर्डनविरुद्वको वाफ च्याम्पियनसिप फाइनल खेल गुमाउने

काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी एवं फरवार्ड सावित्रा भण्डारी'साम्बा'ले साउदी अरेबियामा जारी वेस्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनल गुमाउने भएकी छन् ।

नेपालले बिहीबार हुने फाइनलमा जोर्डनको सामना गर्दैछ । अखिल नेपाल फुटबल संघ ( एन्फा) ले सावित्राले फाइनल गुमाउने पुष्टि गरेको छ ।

प्रतियोगिताको समूह चरण र सेमिफाइनलका खेलहरु फिफा विन्डो भित्र परे पनि फाइनल भने पर्दैछ । त्यसैले सम्झौता अनुसार क्लब फुटबलका लागि सावित्रा फाइनल नखेलेर फ्रान्स फर्किन लागेकी हुन् ।

नेपालले सेमिफाइनलमा लेवनानलाई २-१ ले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको थियो । सावित्रा प्रतियोगिताको सर्वाधिक गोल कर्ता हुन् । उनले नौ गोल गरेकी छन् ।

सावित्रा फ्रान्सको शीर्ष डिभिजन  क्लब एना भान गेङगाङ्पमा अनुबन्ध छिन् । 

प्रतिकृया दिनुहोस्