×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

केपी ओली कपको उपाधि मछिन्द्रको पोल्टामा

केपी ओली कपको उपाधि मछिन्द्रको पोल्टामा

काठमाडौं - केपी ओली कप २०७९ राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।

दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लवलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि उचालेको हो । उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गर्दा सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मछिन्द्रका रञ्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे ।

सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे । तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए ।

त्यसअघि पाँचौँ मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । तर, खेलको १८औँ मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्