×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अष्ट्रेलिया छैटौं पटक च्याम्पियन

अष्ट्रेलिया छैटौं पटक च्याम्पियन

काठमाडौं-साबिक विजेता अष्ट्रेलियाले दक्षिण अफ्रिकाले सम्पन्न आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधी छैटौं पटक जितेको छ ।

केपटाउनमा आईतबार भएको फाइनल खेलमा अष्ट्रेलियाले आयोजक दक्षिण अफ्रिकालाई १९ रनले पराजित गरेको हो। 

अष्ट्रेलियाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो ।

दक्षिण अफ्रिकाका लागि लोरा वालभाल्टले ४८ बलमा ६१ रन बनाउँदा ५ चौका र ३ छक्का प्रहार गरिन् । चलोइ ट्रायोनले २५ तथा मरिजानी कप्पाले ११ रन बनाईन् । 

अष्ट्रेलियाका लागि जीस जोनासेन,ड्रासिक ब्राउन,मिगान स्कुट र एशले गार्डनिरले समान १/१ विकेट लिईन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । 

अष्ट्रेलियाका लागि बेथ मुन्नीले ५३ बलमा ९ चौका र १ छक्काको सहयोगमा ७४ रन बनाईन् । एशले गार्डनिर २९ रनमा आउट हुँदा अस्लेसा हिल्लीले १८ रन बनाईन् । 

दक्षिण अफ्रिकाका लागि मरिजानी कप्पा र शबनिम स्मालीले समान २/२ विकेट लिईन् । 

प्रतिकृया दिनुहोस्