×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बझाङमा बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

बझाङमा बुहारी बलात्कार आरोपमा जेठाजु पक्राउ

काठमाडौँ- बझाङमा भाइ बुहारी बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा दर्ता गराएको हो । 

जेठाजु र बुहारी दुवै जनाको नाम भने प्रहरीले गोप्य राखेको छ । चैत्र १२ गते बेलुकी बुहारीको कोठाभित्र प्रवेश गरी हात र मुख च्यापी जबरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले जानकारी दिए ।

उजुरी पश्चात् जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितको खोजी गर्दा देउरा बजारमा घुमफिर गरिरहेको अवस्थामा केदारस्युँ गाउँपालिका -१ देउरा बजारबाट पक्राउ गरिएको हो । पीडित जेठानीको सहायतामा प्रहरीको सम्पर्कमा पुगेको डिएसपी विष्टले बताए । उनकाअनुसार पीडितको स्वास्थ्य परीक्षणपछि युवतीलाई हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृह सेभ हाउसमा राखिएको छ ।

आरोपित जेठाजुलाई नियन्त्रणमा लिई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाई जिल्ला अदालत बझाङले सोमबार ३ दिनको म्याद थप गरेको र थप अनुसन्धान भइरहेको समेत डिएसपी विष्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्