×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजको मौसम : यी प्रदेशमा वर्षा

आजको मौसम : यी प्रदेशमा वर्षा

काठमाडाैँ- आज (सोमबार) पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले पनि प्रदेश १ का धेरैजसो स्थानमा वर्षा भइरहेको छ। ‘रातिदेखि वर्षा भइरहेको हो’, मौसमविद् पौडेलले भने, ‘तर अहिले कम हुँदै गएको छ।’

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भेगका आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ। यस क्रममा प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगका एक(दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै राती प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम समान्यता सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानका साथै बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिकृया दिनुहोस्