×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लघुवित्त खारेजको माग गर्दै पीडितले गरे काठमाडौंमा 'मार्चपास'

लघुवित्त खारेजको माग गर्दै पीडितले गरे काठमाडौंमा 'मार्चपास'

काठमाडौं - मिटरब्याज र लघुवित्तपीडितहरूले मंगलबार काठमाडौंमा मार्चपास गरेका छन् । लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले मार्चपास गरेका हुन् । 

नेपालका विभिन्न क्षेत्रबाट पैदलै उनीहरू काठमाडौं आएका हुन् । उनीहरूले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, सामूहिक ऋण मिनाहा गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, कालोसूची तथा धितो लिलाम फुकुवा गर्न, आमगरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नलगायत नौ बुँदे माग अघि सारेका छन् ।
लत्ताकपडासहित आएका लघुवित्तपीडितले आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटरव्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनीहरूको भनाइ छ ।

तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याजपीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरूको गुनासो छ ।

प्रतिकृया दिनुहोस्