×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अब विश्वकप फुटबल खेल्ने राष्ट्रिय टोलीमा २६ खेलाडी

अब विश्वकप फुटबल खेल्ने राष्ट्रिय टोलीमा २६ खेलाडी

काठमाडाैँ- फिफाले कतारमा हुने विश्वकप फुटबलमा सहभागी हुने देशको राष्ट्रिय टोलीमा २६ जना खेलाडी रहन पाउने निर्णय गरेको छ । कोरोनाभाइरस महामारी शुरु हुनुअघि राष्ट्रिय टोलीमा २३ सदस्य हुने गर्थे ।

देशभित्र भएका प्रतियोगिताहरूसँग अनुकूल हुनेगरी फिफाले अहिले राष्ट्रिय टोलीमा समाविष्ट हुने खेलाडीको सङ्ख्या बढाउन दिएको हो । फिफाका अनुसार अब एउटा खेलमा १५ जना वैकल्पिक खेलाडी राख्न पाइनेछ । यसको अर्थ टोलीमा समाविष्ट सबै खेलाडीले खेल्न पाउन सक्छन् ।

इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले गत अप्रिलमा सबै जना सबै खेलका लागि उपलब्ध हुनुपर्ने बताएका थिए । उनले टोलीमा खेलाडी थपिदा खेलमा पनि परिवर्तन गर्न सकिने बताएका छन् । फिफाले नोभेम्वर २१ देखि शुरु हुने विश्वकपको लागि कोभिड -१९ र असामान्य समयका कारण विश्वकपको लागि टोलीमा संख्या बढाइएको जनाएको छ ।

 

विश्वकपमा सहभागी सबै ३२ राष्ट्रले आगमी अक्टोवर २० सम्ममा आफ्नो अन्तिम नामावली दिनुपर्नेछ । एक टोलीमा खेलाडीसहित ३५ देखि ५५ सदस्यीय पदाधिकारी हुनेछन् । जसमा २५ खेलाडीसँगै एक जना डक्टर हुनुपर्नेछ । उनले बेन्चमा बस्न पाउनेछैन । डगआउटमा ११ नियमित खेलाडी, १५ वैकल्पिक खेलाडी र एक फिजियो हुनेछ । प्रशिक्षण टोली पनि डगआउटमै रहनेछ ।

कतारमा हुने विश्वकप नोभेम्वर २१ बाट शुरु भएको १८ डिसेम्वरमा सकिनेछ । समूह ‘ए’ को सेनगेल र नेदरल्यान्ड्सबीचको खेलबाट विश्वकपको उद्घाटन हुनेछ ।

 

0

0
0
0
0
0

प्रतिकृया दिनुहोस्