×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भाजपाका नेता डा. हर्षवर्द्धन भन्छन्- नेपालको जस्तो राजनीतिक संस्कार विश्वमै छैन

भाजपाका नेता डा. हर्षवर्द्धन भन्छन्- नेपालको जस्तो राजनीतिक संस्कार विश्वमै छैन

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुन आएका भारतीय जनता पार्टीका नेता डा. हर्षवर्द्धनले नेपाली राजनीतिक दलका शीर्ष नेताहरूले उच्च राजनीतिक संस्कार देखाएको भन्दै प्रशंसा गरेका छन् । महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै हर्षवर्द्धनले एक राजनीतिक दलको महाधिवेशनमा देशका सबै दलका शीर्ष नेताहरू उपस्थित भएर त्यो संस्कार देखाएको बताए ।

संसारभरि यस्तो प्रकारको उच्च राजनीतिक संस्कार देख्न मुस्किल पर्ने भन्दै उनले राजनीति सानो चित्तले नहुने भारतीय पूर्वप्रधान मन्त्री अटल विहारी बाजपेयीको भनाइ उल्लेख गरे । केही समयअघि एमालेको महाधिवेशनमा प्रधान मन्त्री शेरबहादुर देउवा घन्टौँ बसेर शुभकामना दिएकोप्रति पनि प्रशंसा गरे । उनले एकै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री पहिलो पटक देखेको भन्दै यो घटना पनि दुर्लभ भएको बताए ।

प्रतिकृया दिनुहोस्