×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस पदाधिकारीको मत गणना आजै सुरु हुने

कांग्रेस पदाधिकारीको मत गणना आजै सुरु हुने

काठमाडौं -  नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पदाधिकारीको मत गणना आजै सुरु हुने भएको छ।
१४औं महाधिवेशनअन्तर्गत सभापतिको अन्तिम परिणाम घोषणा गर्दै निर्वाचन आयोगका संयोजक वरिष्ठ अविक्ता गोपालकृष्ण घिमिरेले आजै दिउँसोबाट बाँकी मत गणना थालनी गरिने जानकारी दिएका छन ।
अन्य पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ। मत गणना सानेपामै गर्ने तयारीछ। अब पहिले महमन्त्रीलगायत पदाधिकारीको गणना हुने उनले बताए। लगातार गणना गरी एक साताभित्रै सबैको परिणाम घोषणा गर्ने तयारी आयोगको छ।
महाधिवेशनबाट शेरबहादुर देउवा पार्टी सभापतिमा विजयी भएका छन्। प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भएका हुन्।
सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत प्राप्त गरे। आज मत गन्न थालेर आगामी पुस ५ गते भित्र सबै मत परिणाम आइसक्ने संयोजक घिमिरेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्