×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा लोकबहादुर कार्की पक्राउ

एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा लोकबहादुर कार्की पक्राउ

 

संखुवासभा-मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।उक्त गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती भन्ने पार्वता कार्की, श्रीमती ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति १० वर्षीय बिपिन भन्ने दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको भदौ २१ गते बिहान चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ परेका लोकबहादुरलाई ईलाका प्रहरी कार्यालय चैनपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको हो ।

उक्त घटनाको सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतबाट खटिएको प्रहरीले उक्त स्थानमा टाउको तथा शरीरको विभिन्न भागहरूमा चिर्पटले प्रहार गरी हत्या भएको अवस्थामा ६ जनाको शव फेला पारेको थियो । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी कार्यालय धरानबाट कुकुर सहित, प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान व्यूरो समेतबाट प्रहरी टोली परिचालित भई घटनाको विश्लेषण तथा अनुसन्धानको क्रममा तेजबहादुरले आफूलाई पटक पटक पागल र काम गर्न नसक्ने भनेको रिसको झोकमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेको, तेजबहादुरले हारगुहार गरेको सुनेर श्रीमती कमला र बुहारी रन्जना घटनास्थलतर्फ आएपछि उनीहरूलाई पनि चिर्पट प्रहार गरी हत्या गरेको, दिपेन र गोमालाई लखेटेर हत्या गरेको र घरमा गई पार्वतालाई भित्तामा टाउको ठोक्काई हत्या गरी आफ्नो घर फर्किएर घटनामा प्रयोग गरेको चिर्पट अगेनामा बालेर नष्ट गरेको अनुसन्धानबाट खुल्न आएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

पक्राउ परेका कार्कीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिकृया दिनुहोस्