×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अष्ट्रेलिया आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा

अष्ट्रेलिया आईसीसी टी-२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी - अस्ट्रेलिया आईसीसी टी-२० विश्वकप क्रिकेटमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
वेस्टइन्डिजविरुद्ध जित दर्ता गरेको अस्ट्रेलियाले दक्षिण अफ्रिका र इंग्ल्याण्डबीचको खेलको नतिजा कुरेको थियो ।

१९० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १३१ प्लस रन बनाएसँगै अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको हो ।
१८९ रन बनाएको दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १३१ भन्दा कम रनमा रोक्नु पर्ने थियो । 
योसँगै समूह एबाट इंग्ल्याण्ड र अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाउँदा समूह बीबाट पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
अब आइतबार अफगानिस्तान र न्यूजिल्याण्डबीचको खेलको नतिजाले दोस्रो टिमको भविष्य निर्धारण गर्ने छ । न्यूजिल्याण्ड विजयी हुँदा सिधै सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्ने छ भने पराजित हुँदा भारतको पनि झिनो सम्भावना कायमै रहने छ । 

प्रतिकृया दिनुहोस्