काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार स्वदेश फर्कने भएका छन् । केन्या भ्रमण सकेर नेपाली टोली बुधबार बिहान आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
नेपालले घरेलु टोलीविरुद्धको ५ खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । ३ खेलको एकदिवसीय सिरिज ३–० ले क्लिन स्विप गरेको थियो ।
नेपाल आएपछि सबै खेलाडी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट खेलका लागि आ–आफ्नो टोलीसँग जोडिने छन् । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ । पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ ।