×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

कोलकातालाई हराउँदै गुजरात शीर्ष स्थानमा

काठमाडौं- डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा जितको ह्याट्रिक गरेको छ । टोलीले कोलकाता नाइट राइडर्सलाई उसैको घरेलु मैदानमा ७ विकेटले पराजित गरेको हो । यो जितसँगै गुजरातको टोली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको सर्वाधिक १२ अंक छ ।

कोलकाताको इडेन गार्डेन स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १७९ रन बनायो । गुजरातले १७.५ ओभरमा ३ विकेट गुमाएर १८० रनको लक्ष्य पुरा गरेको थियो ।

पहिले ब्याटिङमा निस्केको कोलकाताबाट ठूलो साझेदारी भएन । कोलकाताका लागि रहमानउल्लाह गुरबाज एक्लैले ८१ रन बनाए । बाँकी ब्याट्सम्यानले खास प्रदर्शन गर्न सकेनन् । आन्द्रे रसेलले १९ बलमा ३४ रनको इनिङ खेले । गुजरातका लागि मोहम्मद शामीले ३ विकेट लिए । जोसुआ लिटिल र नूर अहमदले समान २–२ विकेट लिए ।

लक्ष्य पछ्याउन मैदान उत्रेको गुजरातका ओपनर शुभमन गिलले ४९ र विजय शंकरले ५१ रन बनाए । डेभिड मिलरले ३२ र हार्दिक पाण्ड्याले २६ रन बनाए । हर्षित राना, आन्द्रे रसेल र सुनिल नारायणले एक–एक विकेट लिए ।

प्रतिकृया दिनुहोस्