जापान । बाग्लुङमा जन्मिएर विगत लामो समयदेखि जापानलाई कर्मथलो बनाउदैँ आएका दिपेश केसी जसले गैर आवासीय नेपाली संघ (NRNA) जापानको खुल्ला उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । वर्तमान केन्द्रिय सचिव समेत रहेका दिपेशले आगामी २ बर्षे कार्यकालका लागी खुल्ला तर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
गैर आवासिय नेपाली संघ जापानको सन २०१३ देखि पन्जिकृत सदस्यता लिई आधिकारिक रुपमा एनआरएनए अभियानमा जोडिएका दिपेशले सामाजिक सन्जाल मार्फत आफ्ना कुराहरु राख्दै मतादान गरि दिनुहुन जापानवासी नेपालीहरुमा अपिल गरेका छन् । उनले भनेका छन् “गैरआवासीय नेपालीहरूको साझा सपना र नेपाली मातृभूमिको समृद्धिका लागि म निरन्तर क्रियाशील छु। पदको लोभ होइन, योगदानको सोचले यो जिम्मेवारीका लागि अघि बढेको हुँ।” आफ्नो उम्मेदवारी न्यायोचित, निस्वार्थ र अनुभवमा आधारित भएको बताएका उनले संस्थाको पारदर्शी, समावेशी र सबै नेपालीका लागि अपनत्व महसुस हुने बनावटमा आफू निरन्तर योगदान दिन प्रतिबद्ध रहेकाे जानकारी गराएका छन् ।
कार्य अनुभव
सन् २०१३ देखि NRNA जापानको पञ्जीकृत सदस्य ।
कान्तो क्षेत्रीय समितिमा सह–सचिव, उप–संयोजक हुदै संयोजक ।
२०२३–२०२५ कार्यकालमा NRNA जापानको केन्द्रीय सचिव ।
जापानका विभिन्न सामाजिक संस्थामा समेत सक्रिय सहभागिता ।