काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबारदेखि भवनको अण्डरग्राउण्डहरु नक्सा अनुसार प्रयोग भए नभएको अनुगमन सुरु गरोको छ। महानगरले साउन १ गते ३५ दिने सूचना जारी गर्दै घर तथा भवन निर्माण गर्दा पास भएको नक्साका आधारमा अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो।
दिइएको निर्देशनको म्याद आइतबार नै सकिएपछि सोमबारदेखि अनुगमनको तयारी गरिएको नगर प्रमुख बालेन्द्र शाहका स्वकिय सचिव भूपदेव शाहले बताए। महानगरले सोमबार बानेश्वर क्षेत्रको अन्डरग्राउण्डहरु अनुगमन गर्ने र नक्सा विपरित प्रयोग गरेको भेटिएमा कारबाही गर्ने तयारी गरेको छ।