टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० जापान च्याप्टर को १४औँ अधिवेशन सम्पन्न भएको छ। डिसेम्बर ७ तारिख आईतबार टोकियोको रोयल गार्डेनमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संस्थाको साहित्यिक यात्रा अझ सशक्त बनाउने संकल्प गरेको छ ।
अधिवेशनबाट आनन्द अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिकारीको नेतृत्वमा अनेसास जापानले जापानमा रहेका नेपाली स्रष्टा, लेखक तथा साहित्यप्रेमीहरूलाई एकीकृत गर्दै साहित्यिक अभियानलाई अझ व्यापक बनाउने अपेक्षा गरिएको छ।
त्यस्तै उपाध्यक्षमा शरद पोखरेल, दीपा घिमिरे र संगिता कुँवर चयन भएका छन् भने महासचिवमा मनोज मौसम केसी चयन भएका छन् । अधिवेशनले सचिवमा नारायण पोखरेल, विनिशा सापकोटा र यमलाल कँडेललाई चयन गरेको छ।
त्यसैगरि कोषाध्यक्षमा सरोज घिमिरे तथा सह–कोषाध्यक्षमा सरिता चौधरी चयन भएका छन् भने कार्यसमिति सदस्यहरूमा सुविन न्यौपाने, विश्वबन्धु भण्डारी, भगवती क्षेत्री, दीपक राज पौडेल, हरि विनोद अधिकारी, अप्सरा सुनार र लक्ष्मण भन्तना रहेका छन् । सोही दिन अनेसास जापान च्याप्टर को मुखपत्र साकुरा फुल्दाको विमोचन समेत भएको थियो ।