एजेन्सी
जेरुसेलम - इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले पूर्व जेलगार्डलाई उच्च अधिकारीहरूले ‘यौन दास’ बन्न बाध्य पारेको भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । गार्डले आफूलाई प्यालेस्टिनी कैदीले पनि बारम्बार बलात्कार गरेको गुनासो गरेकी छिन् । गिल्बोआ जेलमा महिला गार्डहरूलाई कैदीहरूले दुर्व्यवहार गरेको रिपोर्ट इजरायली मिडियाले वर्षौंदेखि गर्दै आएकी छिन् ।
सन् २०२१ मा सुरुङ खनेर ६ जना कैदी सेलबाट बाहिर निस्किएको विषयले कारागार व्यवस्थापनको ध्यानाकर्षण गरेको थियो । गत साता आफूलाई पूर्व गार्डको रूपमा चिनाउने एक महिलाले गुमनाम रूपमा आफ्नो प्रमाण अनलाइन पोस्ट गरेकी थिइन् । आफूलाई प्यालेस्टिनी कैदीले पटक–पटक बलात्कृत गरेको उनले बताइन् ।
आफूलाई वरिष्ठहरूले ‘सुम्पिएको’ र उसको ‘निजी यौन दासी’ बनेको आरोप लगाइन् । उनले भनिन्, ‘ममाथि बारम्बार बलात्कार होस भन्ने चाहन्न ।’