×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रञ्जन कोइरालाको मुद्दा फैसलाबारे मलाई प्रायश्चित छ : चोलेन्द्र

रञ्जन कोइरालाको मुद्दा फैसलाबारे मलाई प्रायश्चित छ : चोलेन्द्र

काठमाडाैँ- निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले रञ्जन काेइरालाकाे मुद्दामा सजाय कम गरेकाे भन्ने कुरा सही रहेकाे कुरा सही रहे पनि कर्तव्य ज्यान गरेकै भन्ने कुरा सदर भएकाे बताएका छन् । महाभियाेग सिफारिस समिति समक्ष तेस्राे दिन बयान दिँदै उनले काेइरालाकाे फैसलामा विवेक प्रयाेग गरिएकाे बताएका हुन् ।

उनले भने, ‘पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरूलाई ख्याल गरेर २० बर्ष कैद सजाय भएकोमा ८ वर्ष छ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले बिबेक प्रयोग गरेको हो ।’

त्यस्तै, उनले साे मुद्दामा गल्ती भए जनतासमक्ष क्षमा माग्ने समेत बताए । उनले भने, ‘त्यसमा गल्ती भएको विवेक प्रयोग गर्दा यदि यसैबाट महाअभियोग लगाइएको हो भने जनता समक्ष क्षमा चाहन्छु । मलाई प्रायश्चित भएको छ ।’ 

प्रतिकृया दिनुहोस्