×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

जापानमा चुकाउनीकाे चर्चा, पाल्पा समाज जापानको देउसी भैलो कार्यक्रम सम्पन्न

जापानमा चुकाउनीकाे चर्चा, पाल्पा समाज जापानको देउसी भैलो कार्यक्रम सम्पन्न

जापान ।  जापानमा रहनुहुने पाल्पालीहरुको साझा संस्था पाल्पा समाज जापानले हरेक बर्ष गर्दै आएको देउसी भैलो कार्यक्रम यस बर्ष पनि भव्य रुपमा सम्पन्न गरेको छ । अक्टोबर १८ तारिख शनिवार टोकियो स्थित ओकुबू स्टेशन नजिकै रहेको चितवन राईनोमा नेवालीहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गरिएको थियो ।

नेपाली कला, सँस्कृति, रितिरिवाज र चाडपर्वको बारेमा नयाँ पुस्तालाई  जानकारी गराई परम्परा पुस्तान्तरण गर्नुका साथै आत्मियता साटासाट गर्नको लागि समाजले गर्ने विभिन्न कार्यक्रमहरुमध्ये यो पनि पर्दछ । समाजका अध्यक्ष बविन रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका संस्थापक तथा नि वर्तमान अध्यक्ष निरन्जन गैरेको प्रमुख आतिथ्यता र समाजका सल्लाहकार गुरु बस्यालको बिशिष्ट आतिथ्यता रहेको थियो । बिश्वबन्धु भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा पाल्पाली चेली चर्चित कलाकार रचना राना मगरको सांगितिक प्रस्तुती रहेको थियो । 

लक्ष्मी पुजा गरि उहि परम्परागत शैलीमा थालीमा चामल फलफुलका साथ दियो बाली देउसी भैलो गितलाई भट्याउदै केहि घण्टा प्रस्तुत गरिएको बिषेश संगितीक माहोलले हलमा उपस्थित लगभग सबैजना देउसी भैलो गितमा रमाउदै  नृत्य गरिरहेको दृक्ष्यहरु पनि देखिन्थ्यो । कार्यक्रममा उपस्थित हरुका लागी खाना नास्ता स्वरुप पाल्पाली परिकारको रुपमा चर्चित चुकाउनी र सेलरोटी लगायतका विभिन्न परिकारहरुको व्यबस्था गरिएको थियो । 

पाल्पा लगायत अन्य जिल्लाका नेपाली तथा जापानिजहरूकाे सहभागीता रहेकाे उत्त कार्यक्रममा पाल्पाली परिकार चुकाउनीकाे  स्वाद पहिलाेपटक लिन पाएकाेमा जापानिज तथा केहि नेपालीहरूलेनै निकै स्वदिलाे रहेका भन्दै चर्चा गरेका  थिए । 

प्रतिकृया दिनुहोस्