×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नेपालले आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै

नेपालले आयरल्यान्ड ‘ए’सँग अन्तिम खेल खेल्दै

काठमाडौं- नेपालले दुई खेलको टी–२० शृंखलाअन्तर्गत मंगलबार आयरल्यान्ड वल्भविरुद्ध दोस्रो तथा अन्तिम खेल खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुँदै छ।

पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो। आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। 

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आयरल्यान्डसँग दुई खेलको टी–२० शृंखला खेलेको हो।

मंगलबार आयरल्यान्डसँग खेलेपछि नेपाली टोली साँझ भारतको गुजरातस्थित वापी प्रस्थान गर्ने छ।  गुजरातमा रहँदा नेपालले बरोडा र गुजरातसँग फ्रेन्डसिप कप खेल्ने छ। 

प्रतिकृया दिनुहोस्