बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिकामा जारी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा सिगास फाइनलमा प्रबेश गरेको छ । बुधबार भएको सेमिफाईनलमा फाईनलका लागि भएको खेलमा आयोजक पञ्चेश्वर ए लाई हराउदै फाइनलमा प्रबेश गरेको हो । सिगास गाउँपालिकाले पहिलो सेट २५–१४ले जितेको थियो । दोश्रो सेटमा पञ्चेश्वरले २०–२५ले जितेको थियो । त्यसपछि तेश्रो सेट सिगासले २५–२१ ले जित्दै फाइनल स्थान सुनिश्चित गरेको हो ।
सेमिफाइनलमा पुग्ने टप ४ टिमको टुङ्गो लागेको छ ।हिजो दिउसो क्वाटर फाईनलका खेलहरु भएका थिए । क्वाटर फाइनलको पहिलो खेलमा दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाबिच भएको खेलमा सिगास गाउपालिकाले २५–२३ र २५–२१ िजतेको थियो ।
त्यसैगरी दोश्रो खेलमा दोश्रो खेलमा मेलौली नगरपालिका ए र पाटन नगरपालिकाबिच भएको खेलमा १५–२५ र २२–२५ले मेलौलीले जितेको थियो ।
त्यसैगरी सुर्नया गाउपालिका र पञ्चेश्वर ए बिच भएको खेलमा २४–२७ र२२–२५ पञ्चेश्वर ए ले जित हात पारेको थियो ।
त्यसैगरी सिगास र युवाजागरणमञ्च मेलौली बी बिच भएको खेलमा सिगासले २२–२५ र २५–२७ ले सिगासले जित हात पारेको थियो ।
फाईनलको लागि दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाबिच हुने छ । यि दुई बिचको जित्ने टोली फाइनलमा सिगाससँग खेल्ने छ भने हार्ने टिमले पञ्चेश्वर ए सँग तेश्रो स्थानका लागि प्रतिस्प्रधा गर्ने छ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । ६ टोली बाहिरिएका छन् ।
प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख १० हजार १ सय १ रुपैया, कप मेडल र प्रमाण्पत्र प्रदान गरिने छ । दितिय पुरुस्कार ७५ हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र, तृतिय पुरुस्कार ५० हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी सान्तोना पुरुस्कार ३० हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।फाईनल खेल आज हुनेछ ।