×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसईई नतिजा : २२ हजार ४७५ ले ल्याए ए प्लस जिपिए

एसईई नतिजा : २२ हजार ४७५ ले ल्याए ए प्लस जिपिए

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको  छ। प्रकाशित नतिजा अनुसार ९० देखि १०० प्रतिशत ल्याउने  अर्थात्  ए प्लस जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या  २२ हजार ४७५ छ। यो एसईईमा सहभागी कुल विद्यार्थी संख्याको चार दशमलव ६३ प्रतिशत हो ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थालाई अनुमति दिएको छ । जसमा १४ वटामा वेबसाइट, पाँच वटाबाट एसएमएस र आईभीआरबाट एसईईको नतिजा हेर्न सकिनेछ ।

नेपाल टेलिकमको १६००, जानकी टेक्नोलोजी प्रालिको ३५००१, इजी सर्भिस प्रालिको ३४९४९, आकाश टेक प्रालिको ३१००३ र क्रियसन सफ्ट नेपाल प्रालिको ३१०६४ एसएमएस गरी एसईईको नतिजा हेर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्