×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

खप्तड छेडेदह १,२ र ३ मा एमाले ‘क्लिन स्विप’, वडाध्यक्षमा कांग्रेस प्यानलसहित विजयी

खप्तड छेडेदह १,२ र ३ मा एमाले ‘क्लिन स्विप’, वडाध्यक्षमा कांग्रेस प्यानलसहित विजयी

काठमाडौँ- बाजुराको खप्तड छेडेदह वडा नम्बर १,२ र ३ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । यी तीन वडाको सम्पन्न मतपरिणामअनुसार वडाध्यक्षदेखि सदस्यमा कांग्रेसको प्यानल विजयी भएको हो।

वडा नम्बरको वडाध्यक्षमा वीरबहादुर रावल प्यानलसहित विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दानबहादुर रोकायालाई ४१ मतले पछि पार्दै वडाध्यक्षमा विजयी भएका हुन् ।

२ नम्बर वडामा भक्तबहादुर बुढा प्यानलसहित विजयी भए । उनी ४९१ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश शाहीले ४१४ मत प्राप्त गरेका छन् । बुढाले शाहीभन्दा ७७ मत धेरै पाएका हुन् ।

पालिकाको वडा नम्बर ३ मा पनि नेपाली कांग्रेसका उम्मेदवार बिर्ख रावत विजयी भएका छन् । उनी नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार दीपक रावतलाई ३८ मतले पराजित गर्दै विजयी बनेका हुन् ।

खप्तड छेडेदहमा २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नम्बर २ देखि ७ सम्म नेपाली कांग्रेसले जितेको थियो भने वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको थियो । यस पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले नै अग्रता लिएको छ ।

प्रतिकृया दिनुहोस्