×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दक्षिण कोरियामा एकैदिन १ लाख ६४ हजार बढीमा काेराना संक्रमण

दक्षिण कोरियामा एकैदिन १ लाख ६४ हजार बढीमा काेराना संक्रमण

सोल- दक्षिण कोरियामा गत शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधिमा कोरोना भाइरसका एक लाख ६४ हजार ४८१ नयाँ संक्रमित थपिएका छन् । यसैसँगै कुल संक्रमितको सङ्ख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।

दक्षिण कोरियमा हाल अत्यधिक रूपमा कोरोना भाइरस ओमिक्रोन भेरियन्ट फैलिएको जनाइएको छ । गत २४ घण्टा भएमा संक्रमित मध्ये २८ हजार ९०१ जना सोलका बासिन्दाहरू रहेका छन् ।

ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्रमशः ४२ हजार ३५३ र ८ हजार ५९४ रहेका समाचारमा जनाइएको छ ।

हाल गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १५ ले बढेर १ हजार ११४ पुगेको छ । कोभिड–१९ बाट थप ३२९ जनाको मृत्यु भएको पुष्टि भएसँगै हाल दक्षिण कोरियामा कोरोनाबाट कुल मृतकको संख्या संख्या १९ हजार ४२१ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।

यहाँ चार करोड ४५ लाख १४ हजार ४६२ जनाले कोरोना भाइरसविरुद्ध खोपको दुई डोज प्राप्त गरेका छन् कोरोनाको दुई डोज प्राप्त गर्ने यो संख्या कुल जनसंख्याको ८६.७ प्रतिशत भएको समाचारमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस्