सरकारले निपाह भाइरसको जोखिमबाट सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशका १ सय १८ स्वास्थ्य निकायलाई पत्र पठाउँदै नेपालमा पनि निपाह भाइरसको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
भाइरस विज्ञहरूले नेपाल पनि निपाह भाइरसको जोखिममा रहेको बताएका छन् । अहिलेसम्म नदेखिएको भएपनि निपाह भाइरस भारतमा देखिएकाले उच्च जोखिममा नेपाल पनि रहेको शुक्रराज सरुवा अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख समेत रहेका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले निपाह भाइरसबाट सर्ने रोगलाई विश्वको १० प्राणघातक रोगमध्ये एक रहेको जनाएको छ । यो चमेरो र सुङ्गुरबाट सर्नुका साथै मानिसबाट मानिसमा पनि सर्ने सरुवा रोग रहेको विशेषज्ञहरू बताउँछन् ।
भारतमा एकजनाको ज्यान गइसकेको समाचार सार्वजनिक भएकाले भारतबाट कोही संक्रमित नेपाल आएको भए उसबाट पनि सर्ने सम्भावना रहने उनीहरूको भनाइ छ । डा. पुनका अनुसार यो भाइरस जनावर र मानिस दुवैबाट सर्न सक्छ ।
लक्षण
उपचार छैन
निपाह भाइसको अहिलेसम्म उपचार पत्ता नलागेको डा. पुनले बताए । यही औषधि प्रयोग गर्ने भन्ने पनि नभएको र यसको खोप पनि बनिनसकेको उनले जानकारी दिए । यो भाइरस लागेको ४८ घण्टाभित्र बिरामी कोमामा जान सक्ने उनले जानकारी दिए । यसलाई उच्च घातक संक्रामक भाइरस मानिएको छ ।
कसरी जोगिने ?