×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कर्णालीमा १० सङ्क्रमितको मृत्यु

कर्णालीमा १० सङ्क्रमितको मृत्यु

नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणबाट कर्णाली प्रदेशमा आज १० सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म १६९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा सुुर्खेतका चार, सल्यानका तीन र जुम्ला, डोल्पा र दैलेखका एक÷एक गरी १० जनाको मृत्यु भएको निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

“कोरोना सङ्क्रमणबाट सुर्खेतमा सबैभन्दा बढी मानवीय क्षति भएको छ”, निर्देशक खड्काले भने, “आजसम्मको तथ्याङ्कअनुसार सुर्खेतमा १२२, सल्यानमा ३५, रुकुमपश्चिममा २०, दैलेखमा १७, डोल्पामा पाँच, कालीकोटमा तीन, जुुम्ला र जाजरकोटमा दुईरदुई र अन्य चार व्यक्तिको मृत्यु कोरोना सङ्क्रमणबाट भएको छ ।” उहाँको अनुसार मृतकको सङ्ख्यामा कमि आउन सकेको छैन ।

आज कर्णालीमा ५१० व्यक्तिले कोरोना निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा २४९ जनाको आरटी पीसीआर परीक्षणमा ११९ र एन्टिजेन ७११ जनाको परीक्षण गरिएकोमा १६० जनामो सङ्क्रमण पुष्टि भएको बताईएको छ । निर्देशनालयका अनुसार आज दुई २९९ सङ्क्रमित थपिएसँगै छ हजार ४०६ जना आइसोलेशनमा रहेको निर्देशनालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्