काठमाडौं- ५६ वटा स्थानीय सरकारले तोकिएको समय अर्थात् १० असारमा नै बजेट ल्याएका छन् । ७५३ वटा स्थानीय तहमध्ये ६९७ ले बजेट प्रस्तुत गर्न सकेका छैनन् ।
बजेट ल्याउने १ नं प्रदेशका १३, मधेशका ६, बागमतीका १०, गण्डकीका ६, लुम्बिनीका ५, कर्णालीका ४ र सुदूरपश्चिमका १२ स्थानीय तहले बजेट ल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार १० असारभित्र स्थानीय सरकारले बजेट नीति कार्यक्रम ल्याएर असार मसान्तसम्ममा पारित गर्न पर्ने कानुनी प्रावधान छ ।