काठमाडौँ- नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको महासंघले जनाएको छ ।