×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रेस युनियनकाे महाधिवेशन घाेषणा गर्न माग

प्रेस युनियनकाे महाधिवेशन घाेषणा गर्न माग

काठमाडौँ- नेपाली कांग्रेसनिकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनमा आवद्ध केही पत्रकारले युनियनको महाधिवेशन तत्काल घोषणा गर्न माग गरेका छन् । प्रेस युनियन आवद्ध पत्रकारको बुधवार भएको भेलाले तत्काल महाधिवेशनको मिति तोक्न केन्द्रीय समितिसँग माग गरेको हो । 

भेलाले कुनै बाहना नगरी चैत दोस्रो हप्ताभित्र सम्पन्न हुने गरी महाधिवेशनको मिति तोक्नुपर्ने निर्णय गरेको प्रेस युनियन काठमाडौँ शाखाका पूर्व अध्यक्ष नकुल अर्यालले जानकारी दिए । भेलाले युनियनको महाधिवेशन सुनिश्चित गराउन चरणबद्ध दवाव अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको उनले बताए ।

भेलामा प्रेस युनियनका सल्लाहकार शिव लम्साल, उपमहासचिव सलोजा दाहाल, सचिव खिला कार्की, केन्द्रीय सदस्यहरू दिलीप पौडेल, माधव चम्लागाई, रमेश वाग्ले र युवराज गौतम, काठमाडौँ जिल्ला सभापति जगन्नाथ दुलाल, सिन्धुपाल्चोक जिल्ला सभापति दुर्गा आचार्य र ओखलढुंगा जिल्ला सभापति जीवन शर्मा, प्रेस युनियनका नेताहरू ईन्द्र रिजाल, लीलाराज खनाल, कालिका महत, पत्रकार महासंघका केन्द्रीय लेखा समितिका सदस्य मुकुन्द भण्डारी, काठमाडौँ जिल्ला सचिव महेश्वर गौतम, सहसचिव अर्जुन डोटेल लगायतको उपस्थिति थियो ।

भेलाका सहभागीले अनेक बहानामा लामो समयसम्म अधिवेशन नहुँदा संस्थाको गरिमा खस्किएको भन्दै तत्काल महाधिवेशन गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रेस युनियनको महाधिवेशन २०७१ साल यता हुन सकेको छैन । २०७१ साल भदौमा पोखरामा भएको महाधिवेशनले निर्वाचित गरेको नेतृत्वको कार्यसमितिको कार्यकाल २०७४ भदौंमा समाप्त भइसकेको छ । युनियनको महाधिवेशन पटक–पटक तोकिएपनि विभिन्न बहानामा रोकिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्