काठमाडौँ- आइसीसी टी–२० विश्वकप इंग्ल्यान्डलाई भारतले दियो १६९ रनको लक्ष्य दिएको छ । भारतले आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा इङल्याण्डसामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
अष्ट्रेलियाको एडिलेडमा इल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रनको योगफल तयार पारेको हो।
चौथो विकेटका लागि कोहली र पाण्ड्याले ६१ रनको साझेदारी गरे। कोहलीले ३९ बलमा ४ चौका र १ छक्का मद्दतमा अर्धशतक पूरा गरे। भारतका ऋषभ पन्त ६ रन ल्याएर आउट भए। हार्दिक पाण्डेले ३२ बलमा सर्वाधिक ६३ रन बटुले।
ओपनर के एल राहुल ५ रनमा आउट भए। कप्तान रोहित शर्मा २७ रनमा पवेलियन फर्के। २८ बलको सामना गरेका राहुलले ४ चौका हाने। सुर्य कुमार यादवले १० बलमा १ छक्का र १ चौका हान्दै १४ रनमा आउट भए।
इङल्याण्डका क्रिस वेक्स, अदिल रसिद र क्रिस जोर्डनले समान एक विकेट झारे। भारत समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो। इङल्याण्ड समूह बीको उपविजेता बन्दै अन्तिम ४ को यात्रा तय गरेको थियो। ८ वर्षपछि फाइनल खेल्ने योजनामा रहेको भारत १५ वर्षपछि टी–२० विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ।
भारतले सन् २००७ मा उपाधि उचालेको थियो। सन् २०१४ को फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो।
सन् २०१० को च्याम्पिनय इंग्ल्यान्ड दोस्रो पटक उपाधि जित्न चाहान्छ। सन् २०१६ को फाइनलमा उपाधि नजिक पुगेको वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो।