×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा सुधार

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेकी उनि पिसिआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । “हाल उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ”, उनले जारी गरेकी विज्ञप्तिमा भनिएको छ, “यही अवस्था कायम रहेमा सम्भवतः भोलिसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने जानकारी गराइन्छ ।”

यही असोज २२ गते राष्ट्रपति भण्डारीलाई रुघाखोकी र ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनिलाई एनेक्स वार्ड नं ६०१ मा भर्ना गरिएको छ । राष्ट्रपति भण्डारीको उपचारमा डा. निरज वम नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस्