काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । गृहमन्त्रीको विषयमा सत्तारुढ गठबन्धनमा लफडा बढिरहेको बेला अध्यक्ष ओली प्रधानमन्त्रीलाई भेट्न शनिबार बिहान प्रधानमन्त्री निवास पुगेका हुन् ।
अवैध नागरिकताका कारण राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्रीको पद गुमाएका थिए । तर नागरिकता पुनः प्राप्ति गरेपछि लामिछाने सोही पदमा पुनः फर्कने कसरतमा छन् । प्रधानमन्त्री दाहाल भने लामिछानेमाथि पासपोर्ट दुरुपयोगको उजुरी अनुसन्धानको क्रममा रहेको तथा उनको नागरिकताबारे अदालतको फैसलाको पूर्ण पाठ नआको कारण गृह मन्त्रालय आफूसँग नै राख्ने पक्षमा छन्