×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईपीएल: प्लेअफमा पुग्न आज मुम्बई र दिल्ली भिड्दै

आईपीएल: प्लेअफमा पुग्न आज मुम्बई र दिल्ली भिड्दै

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच महत्वपूर्ण खेल हुँदैछ।

वानखेडे स्टेडियममा हुने यो खेल दुवै टोलीका लागि प्लेअफ पुग्ने सन्दर्भमा निकै अर्थपूर्ण छ।
यदि दिल्ली क्यापिटल्सले यो खेल हारेमा उसको प्लेअफ यात्रा समाप्त हुनेछ र मुम्बईले आफ्नो स्थान सुरक्षित गर्नेछ। तर, यदि मुम्बई पराजित भएमा दिल्लीले प्लेअफमा पुग्नका लागि अर्को मौका पाउनेछ।
खराब सुरुवातपछि उत्कृष्ट पुनरागमन गरेको मुम्बई लयमा देखिएको छ। अनुभवी ब्याट्सम्यान रोहित शर्मा र फर्ममा रहेका सूर्यकुमार यादव मुम्बईका मुख्य हतियार हुनेछन्।


उता, दिल्ली भने पछिल्ला खेलहरूमा संघर्ष गरिरहेको छ। प्रमुख बलर मिचेल स्टार्कको अनुपस्थितिले टोलीलाई असर गरेको छ भने ब्याटिङमा केएल राहुलमाथि अत्यधिक निर्भरता देखिएको छ।

यो खेल दिल्लीका लागि 'गर या मर' को स्थितिमा छ।

प्रतिकृया दिनुहोस्