एजेन्सी: वैज्ञानिकहरूले कोरोना भाइरसको तौल पत्ता लगाएको दावी गरेका छन् । इजरायलको वीजमैन इस्टिट्युट अफ साइन्सका वैज्ञानिकले कोरोना भाइरसको वजन पत्ता लगाएको दाबी गरेका छन् ।
कोरोना भाइरसले महामारीको क्रममा कुनै पनि स्थानमा १० लाखदेखि १ करोड मानिसलाई संक्रमित गराएको आधारमा वैज्ञानिकहरूले पुरै विश्वमा फैलिएको कोरोना भाइरसको तौलको गणना गरेको जनाएका छन् ।
वैज्ञानिकहरूका अनुसार विश्वमा पछिल्लो समयमा भएको कोरोना भाइरसको तौल ०.१ देखि १० किलोग्रामसम्म हुने आकल गरिएको छ । वैज्ञानिकहरूले यो अनुमान संक्रमितको संख्याको आधारमा पत्ता लगाएको उनीले बताएका छन् ।
अनुसन्धानमा सम्लग्न प्रोफेसर मिलोको अनुसार कोभिड–१९ भाइरस संक्रमित बाँदरबाट कोरोनाको वजन पत्ता लगाउन सुरु गरेका हुन् । उनका अनुसार बाँदरको फोक्सो, टन्सिल र पाचन प्रणालीमा भाइरसको मात्रा नापेका थिए ।