×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गायक सिद्धू मुसेवालाको हत्यारा खोज्न भारतीय प्रहरी नेपालमा

गायक सिद्धू मुसेवालाको हत्यारा खोज्न भारतीय प्रहरी नेपालमा

काठमाडौँ- पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नेपाल आएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्रोतको हवाला दिँदै इन्डिया टुडेलगायत सञ्चार माध्यमले सिद्धू मुसेवालाको हत्यामा संलग्न हतियारधारीलाई पक्राउ गर्न दिल्ली प्रहरीको विशेष टोली नेपाल पुगेको समाचार लेखेका छन् । यद्यपि उक्त टोली नेपालको कुन क्षेत्रमा पुगेको र के गरिरहेको भन्नेबारे विस्तृत जानकारी दिइएको छैन ।

उक्त अनुसन्धान टोलीले मुसे वालाको हत्यामा संलग्न हतियारधारीहरू नेपालमा लुकेको हुनसक्ने भन्दै अनुसन्धान टोलीले खोजी गर्ने बताइएको छ । पञ्जाबको मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार मुसेवालाको हत्या भएको थियो । पञ्जाब पुलिसले मुसेवालाको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको केही घण्टापछि दिल्लीको प्रहरी टोलीलाई नेपाल पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुसेवालाको हत्याका लागि बोलेरो कार उपलब्ध गराएको आरोपमा प्रहरीले फतेहबादको भिरडाना गाउँबाट मंगलबार दुई जनालाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार हत्यामा संलग्न आरोपमा मनप्रित सिंहलाई अदालतमा उपस्थित गराई ५ दिनको म्याद थपिएको छ। यसअघि गोल्डी ब्रारले आफ्नो फेसबुक पोस्टमार्फत् मुसेवालाको हत्याको जिम्मेवारी लिएका थिए । उनले ग्याङस्टर वियक्की मिड्डुखेराको मृत्युको बदला लिएको बताएका थिए ।

यस क्रममा विभिन्न मुद्दामा प्रहरी हिरासतमा रहेका गुण्डा नाइके कला जठेदी र उनका सहयोगी कला रानालाई पनि मुसेवालाको हत्या सम्बन्धमा सोधपुछ गरिएको छ । पछिल्लो समय राजनीतिमा प्रवेश गरेका गायक मुसेवालाको सुरक्षा व्यवस्था पञ्जाब सरकारले हटाइदिएको केही दिनपछि अज्ञात बन्दुकधारीहरूबाट उनको हत्या भएको हो ।

मुसेवालामाथि उक्त अज्ञात समूहले १९ वटा गोली प्रहार गरेको बताइन्छ । र आक्रमणको १५ मिनेटमै उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ ।

प्रतिकृया दिनुहोस्