×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओली र लेखकको पक्राउप्रति कांग्रेसको आपत्ति: सरकारको कदम चयनात्मक भएको आरोप

ओली र लेखकको पक्राउप्रति कांग्रेसको आपत्ति: सरकारको कदम चयनात्मक भएको आरोप

काठमाडौं - नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको यो कदम 'चयनात्मक' र पूर्वाग्रही भएको बताएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नै अपूर्ण रहेको पुष्टि भइरहेका बेला सरकारले हतारमा पक्राउ गर्नु गलत र राजनीतिक प्रतिशोध प्रेरित भएको उल्लेख गर्नुभयो। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले गत चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गर्ने तर अन्यको हकमा तत्काल कार्यान्वयन गर्ने भनी गरेको निर्णयले नै सरकारको नियतमा प्रश्न उठाएको बताउनुभयो।

उहाँले भदौ २३ गतेको एउटै घटना र एउटै प्रतिवेदनमा पनि फरक-फरक मापदण्ड अपनाउनुले विधिको शासनको खिल्ली उडाएको दाबी गर्नुभयो। कांग्रेसले जारी गरेको विज्ञप्तिमा सरकारले निष्पक्ष छानबिन गरी न्याय निरुपण गर्नुको सट्टा घटनालाई थप गिजोल्न र राजनीति गर्न खोजेको भन्दै यस्तो व्यवहारले कानुनी प्रक्रियालाई नै क्षति पुऱ्याउने चेतावनी दिएको छ।

प्रतिकृया दिनुहोस्