×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

आज पनि हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडाैँ- आज (बिहीबार) देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

तत्काल कतै पनि वर्षा नभएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। अपराह्नपछि भने काठमाडौं उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी पनि उनले दिइन्।

दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति पनि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस क्रममा देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिकृया दिनुहोस्