काठमाडौं - सहकारी ठगी प्रकरणमा छानबिन गर्न सरकारले सात सदस्यीय संसदीय छानबिन समिति गठन गरेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदलाई समेटेर मंगलबार ७ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
समितिमा कांग्रेस र एमालेबाट दुई–दुई जना र माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना सांसद सामेल भएका छन्।
समितिमा कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् भने एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री छन्। माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान संसदीय समिति सदस्य बनेका छन्। २९ वटा सहकारीमाथि छानबिन गर्न उक्त समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ।