विराटनगर- मोरङको रंगेलीमा छठका लागि घाट बनाएर नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रंगेली नगरपालिका ८ को बक्राह खोलामा नुहाउने क्रममा भारतको मध्येपुरा सिंघेश्वर ग्रामथान पञ्चायत घर भएका २६ वर्षीय विट्टु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही स्थानका १८ वर्षीय राजकुमार साह खोलामा बेपत्ता भएकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय रंंगेलीले जनाएको छ ।