×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बयलगाडेहरुको हातमा देश पुग्दा गणतन्त्रप्रति नै अनास्था जाग्‍यो : बाबुराम भट्टराई

बयलगाडेहरुको हातमा देश पुग्दा गणतन्त्रप्रति नै अनास्था जाग्‍यो : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बयगाडेहरुको हातमा देश पुग्दा गणतन्त्रप्रति नै अनास्था जागेको टिप्पणी गरेका छन् । १४ औं गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै डा। भट्टराईले प्रधानमन्त्री ओलीले इंगित गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

गणतन्त्र स्थापना गर्ने क्रममा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य दलहरुको गणतन्त्र पक्षको आन्दोलनलाई बयगाडा चढेर अमेरिका पुगेजस्तै भएको भन्दै टिप्पणी गरेका थिए । उनले गणतन्त्रप्रति नै अनास्था जगाउनेहरुलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्नुपर्ने बताएका छन् । 

उनले भनेका छन्, नेपाली जनताको बलिदानी संघर्षबाट प्राप्त ऐतिहासिक गणतन्त्र दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ! गणतन्त्रविरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौं !

प्रतिकृया दिनुहोस्